लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

पोखरा न्युज ।

सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउनका लागि नगरपालिकाको आगामी बैठकबाट ठोस निर्णय गरी आगडि बढ्ने बताउनुहुँदै नगरप्रमुख साहले लहान नगरपाकिकाको कुनै पनि काममा अनाधिकृतरुपमा सेवाग्राहीमार्फत कसैले रकम लिएको पाइए तत्कालै कारबाही गरिने बताउनुभयो ।

नगरपालिकाकी उपप्रमुख चौधरीले सबै पक्षसँग सहकार्य गरी लहान नगरलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक सुशीलचन्द्र अधिकारीले नवनिर्वाचित लहान नगरपालिकाका प्रमुख साह, उपप्रमुख चौधरीलगायत सम्पूर्ण वडा अध्यक्षलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button