कास्कीको पर्यटकिय गाउँ तोल्कामा निशुल्क स्वास्थ्य शिविर हुने

पोखरा न्युज ।

कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउँ तोल्कामा मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

रिमोर्ट हेल्थ सर्भिस सेन्टर नेपाल र नमस्ते हस्पिटलको सहयोगमा आज अन्नपूर्ण गाउँपालिका वडा नं ७ तोल्कामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

शिबिरमा रिमोर्ट हेल्थ सर्भिस सेन्टर नेपालका र नमस्ते हस्पिटलका बरिष्ठ डाक्टरहरु तथा प्राबिधिकहरुले निशुल्क सेवा दिने छन ।

शिविरमा आँखा तथा सुगरका रोगीहरुले सहित बालबालिका देखी बृद्धहरुले निशुल्क चेकजाच गरी स्वास्थ्य शिविरको लाभ लिन पाउने कार्यक्रमका संयोजक भरत गुरुङले जानकारी दिए । गुरुङका अनुसार सामान्य चेकजाच सँगै विरामीको स्वास्थ्य स्थिति अनुसार औषधी समेत बितरण गरीने छ ।

बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म चल्ने निशुल्क स्वास्थ्य शिविरको आयोजना सँयुक्त रुपमा क्युप्चे बराह युवा क्लब, देउराली युवा क्ल्ब र बराहथान युवा क्लबले गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button