ऐश्वर्यको तीन दिन कलेक्शन रिपोर्ट : मुनाफातर्फ फिल्मको व्यापार

 

पोखरा न्युज ।

दर्शकले फिल्म ऐश्वर्यलाई निकै रुचाएका छन् । गीत र प्रोमोको हाइपका कारण हलसम्म तानिएका दर्शक ऐश्वर्यको उत्कृष्ट मेकिङबाट अझै बढि सन्तुष्ट भएर फर्केका छन् । छठ पर्वदेखि प्रदर्शनमा आएको यो फिल्मको कलेक्शनले पनि यो कुरालाई अझै बढि पुष्टी गरेको छ ।

वितरण कम्पनी डिसिएनले दिएको अंक गणितिय रिपोर्टलाई आधार मान्ने हो भने तीन दिनमा यो फिल्मले २ करोड भन्दा बढि कलेक्शन गरिसकेको छ । पहिलो दिन उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैयाँ कलेक्शन गरेको फिल्मले उपत्यका बाहिर १९ लाख ३० हजार ५ सय ७५ रुपैयाँकलेक्शन ग¥यो ।

त्यस्तै दोस्रो दिन शुक्रबार सरकारले दिएको सार्वजनिक विदाको प्रत्यक्ष असर ऐश्वर्यको कलेक्शनमा देखियो । अघिल्लो दिनको तुलनामा दोस्रो दिन फिल्मको व्यापार अझै बढि भएको कलेक्शन रिपोर्टले देखाउँछ । पहिलो दिनकुल ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ कलेक्शन गरेको फिल्मले दोस्रो दिन ५७लाख ५० हजार ९३ रुपैयाँको कलेक्शन गरेको डिसिएनले बताएको छ । दोस्रो दिनउपत्यका भित्र ३२ लाख ६६ हजार ७ सय ४३ रुपैयाँ र मोफसलबाट २४ लाख ८३ हजार ३ सय ५० रुपैयाँ कलेक्शन भएको डिसिएनको रिपोर्ट छ ।

शनिबार फिल्मको अंकगणितिय रेखाअझै उकालो चढेको रिपोर्टमा देखिन्छ । यो दिनफिल्मले कुल ९६ लाख ३० हजार ७ सय ९ रुपैयाँ कलेक्शन गरेको छ । उपत्यकामा ५६ लाख ६४ हजार ६ सय ३७ र उपत्यका बाहिर ३९ लाख ६६ हजार १ सय ७२ रुपैयाँको शनिबारे कलेक्शन रिपोर्ट डिसिएनले उपलब्ध गराएको छ ।

तीनदिने कलेक्शन रिपोर्टको आधारमाभन्ने हो भने अबका दिनमा फिल्म ऐश्वर्य मुनाफाको व्यापारतर्फ उन्मुख छ । करिब एक करोड रुपैयाँको लागतमा निर्माण भएको फिल्म नेपाली हलहरुको व्यापारबाटै मुनाफामा जाने निश्चित देखिन्छ । फिल्मको व्यापारलाई लिएर निर्माण यूनिट निकै दंग देखिन्छ । साथै लामो समय पछि नेपाली फिल्ममा निर्माण सहित कमब्याक गरेका अभिनेता रमेश उप्रेतीपनिआफुलाई दर्शकले अझै मायादिएकोमा कृतज्ञ देखिन्छन् ।

फिल्म ऐश्वर्य दुईवटा ठुला घरानाका व्यवसायी बीचको द्वन्दमा आधारित छ । पैसा, शक्ति र पावरको प्रयोगले के कसरी उच्च घरानीयाहरुले आफ्नो दबदबा राखिरहेका छन् ?भन्ने कुरालाई फिल्ममा दर्शाउन खोजिएको छ ।

रमेश उप्रेती, प्रशान्त ताम्रकार, दीपिका प्रसाईँ, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button