आठौं पोखरा महोत्सव पुस २७ देखि हुने

पोखरा न्युज  । 

सामाजिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल युनाइटेड क्लव पोखराले आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव आगामी पुसको २७ देखि माघको ८ गते सम्म हुने भएको छ । आठौं संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङ मुल आयोजक समिति रहने गरी विभिन्न ४१ वटा उपसमितिहरु गठन गरेकोे छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मंगलबार बसेको बैठकले मुल आयोजक समिति सहित ४१ वटा उपसमिति गठन गरेको महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको उपसमिति अन्तर्गत कार्य सम्पादन उपसमितिमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, कलाकार ब्यवस्थापन उपसमितिमा लालकाजी गुरुङ, सचिवालय ब्यवस्थापनमा लोक बहादुर थापा, प्रचार प्रसारमा राजु श्रेष्ठ, अर्थ तथा स्टल उपसमितिमा गणेश तिमिल्सिना, प्रायोजक ब्यवस्थापनमा शान्त बहादुर थापा, सुरक्षा ब्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, अतिथी सत्कार उपसमितिमा सावित्री थापा, खाना खाजा ब्यवस्थापनमा भिम बहादुर गुरुङ, मायाको चिनो ब्यवस्थापनमा निर्मला लामिछाने, ब्यानर ब्यवस्थापन उपसमितिमा दिनेश सुनार, मञ्च ब्यवस्थापन उपसमितिमा अनिल गुरुङ, मुलद्धार ब्यवस्थापन उपसमितिमा सूर्य बहादुर बानिया, विद्युतिय सुरक्षा उपसमितिमा रावत तामाङ गोम्जा, महिला समुह परिचालनमा पूर्णकला पोख्रेल रहेका छन ।

त्यसैगरी अतिथी ब्यवस्थापन उपसमितिमा राजेन्द्र बहादुर थापा, संघ सस्था समन्वय उपसमितिमा सम्मर बहादुर श्रेष्ठ, मुल्याङकन उपसमितिमा क्या। फत्ते बहादुर गुरुङ, अनुुगमन उपसमितिमा प्रेम छिरी शेर्पा, प्रकाशन तथा मुद्रणमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमितिमा रमेश बहादुर कार्की, स्मारक निर्माण उपसमितिमा सिद्धि कुमार श्रेष्ठ, स्वयंसेवक परिचालन उपसमितिमा शिव थापा, पर्यटन ब्यवस्थापनमा भुवन ढकाल, विद्युत ब्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, प्राथमिक उपचार ब्यवस्थापनमा जयराम आचार्य, बिमा ब्यवस्थापन उपसमितिमा राम बहादुर थापा मगर, हस्तकला उपसमितिमा सविता श्रेष्ठ रञ्जित, विद्यालय समन्वय उपसमितिमा रिम बहादुर क्षेत्री, खानेपानी ब्यवस्थापन उपसमितिमा सुवेदार जस बहादुर गुरुङ, पार्किङ ब्यवस्थापन उपसमितिमा सन्तोष कार्की, सरसफाई उपसमितिमा भानु आचार्य, महिला समन्वय उपसमितिमा सीमा गुरुङ, बालउद्यानमा बिजयमान गुरुङ, फोटो तथा भिडियो ग्राफी उपसमितिमा महेन्द्र भुर्तेल, प्रविधी ब्यवस्थापन उपसमितिमा राजेन्द्र तिवारी, पृष्ठपोषण उपसमितिमा ऋषिराज बराल, पशुपंक्षी प्रदर्शनी ब्यवस्थापनमा दिवानी सुवेदी, झांकी रयाली ब्यवस्थापन उसमितिमा शान्ति सुवेदी र कार्यालय सचिवमा क्लवका कार्यालय सहायक नवीन श्रेष्ठ रहेका छन ।

त्यसैगरी महोत्सवलाई सफल बनाउनका लागी महोत्सव स्थल वरपरका वडाअध्यक्ष सहित १८ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । जसअनुसार विश्वप्रकाश लामिछाने, सेती थापा, सुसिलराज पराजुली, वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङ, वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्की, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, वडा नम्बर १४ का अध्यक्ष प्रेम बहादुर कार्की, वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल, ओम सुवेदी, कमल बहादुर थापा, शिव बहादुर बराल, तीर्थलाल श्रेष्ठ, दान बहादुर गुरुङ, भरत केसी, निलकण्ठ पोख्रेल  (निश्चल)  र पवित्रादेवी गुरुङ रहेका छन ।

महोत्सवबाट आम्दानी हुने रकमबाट बाकी रहेको रकमले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । महोत्सवबाट बचत रहेको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र चिडियाखाना निर्माणमा जनही १५ प्रतिशत रकम छुट्याइने छ भने प्रति टिकटबाट एक रुपैया सेती संरक्षणका लागी छुट्याइने क्लवले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button