रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी

पोखरा न्युज ।

साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ ।

यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।

काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी दिनुभयो । तालीममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पोरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनुहुनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button