बेमौसममा भैँसी प्रजनन गराउने प्रविधि सफल

पोखरा न्युज ।

चैतदेखि असारसम्मको समयमा भैँसीबाली नजाँदा हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि नेपाली विज्ञहरुले थालेको अनुसन्धान सार्थक बन्दै गएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका प्राध्यापक डा भूमिनन्द देवकोटाकाअनुसार उहाँहरुको समूहले विगत १० वर्षदेखि यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक चितवनको रामपुर र कास्कीको पोखरामा रहेका भैंसीमा गरिएको परीक्षणबाट बेसिजनमा ब्याउने गरेको देवकोटाले बताउनुभयो । चालु आर्थिक वर्षमा रामपुरमा नौवटा भैँंसीमध्ये पाँचवटा र पोखरामा पाँचवटा भैंँसीमध्ये दुईवटा चैतदेखि असारसम्म ब्याउने भएका छन् । ती भैँंसी हिउँदको समयमा ब्याउने गर्छन् ।

पोखराका भैँंसीमा नकारात्मक परजीवी उन्मूलन नगरी छाडेकाले कम भैंँसीबाली गएको उहाँले बताउनुभयो । नेपालमा हिउँदको समयमा दूधको अभाव हुने र वर्षाद्को समयमा दूध बिक्री नहुने समस्या रहँदै आएको छ । साउनदेखि मंसिरसम्म अधिकांश भैँसी ब्याउँदा एउटा मौसममा धेरै दूध हुने र अर्को मौसममा दूधको अभाव हुने गर्दछ ।

गर्मीको समयमा गाई कम ब्याउने हुने भएकाले यसको प्रभाव दूधमा देखिएको विज्ञ बताउँछन् । डा देवकोटाकाअनुसार पोषण र तनावयुक्त वातावरणका कारण सो मौसममा भैंँसी ब्याउने गरेको पत्ता लागेको छ । निराकरणका लागि तनाव कम गर्ने र विशेष किसिमको हर्मोन प्रविधि प्रयोग गरेर भैँंसीलाई ब्याउन गराइएको उहाँले बताउनुभयो ।

नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण तथा वातावरणीय तापक्रमका कारण पनि भैँंसीलाई तनाव बढ्ने गरेको अध्ययनले देखाएको देवकोटाले बताउनुभयो । सुख्खा मौसममा भैंँसीमा तनाव उत्पन्न हुँदा ब्याउनी हुन नसकेको पाइएको छ । विशेष सूत्र तयार गरी पोषण तयार गरेर भैँस्ीलाई खुवाइँदै आएको छ । भैँंसीका प्रजनन अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्मोन तयार गरी भैंँसीलाई खुवाइँदै आएको देवकोटाले बताउनुभयो ।

नेपालमा पहिलो पटक भैँंसीको प्रजनन अंग हेर्नका लागि १० वर्ष अघि अल्ट्रासाउण्ड प्रविधि मुलुकमा भित्र्याउनु भएका डा देवकोटाकाअनुसार सोही हर्मोनले भैँंसीलाई प्रजनन योग्य बनाउने गर्दछ । अन्तर्राष्ट्रिय रुपमा पनि सो कार्य भइरहेको उहाँको भनाइ छ । परीक्षण सफल बन्दै गएको बताउँदै देवकोटाले आगामी पाँच वर्षभित्र किसान कहाँ उक्त प्रविधि पु¥याउने लक्ष्य रहेको बताउनुभयो । सरकारी प्राविधिकलाई यसको ज्ञान दिएर किसानकहाँ प्रविधि पुरयाउने योजना रहेको छ ।

विश्वमा भैंँसीको दूध उत्पादनको हिसाबले नेपाल पाँचौं स्थानमा पर्दछ । देवकोटाका अनुसार भारतमा वार्षिक ७० करोड मेट्रिक टन, पाकिस्तानमा २४ करोड मेट्रिक टन, चीनमा तीन करोड मेट्रिक टन, इजिप्टमा दुई करोड मेट्रिक टन र नेपालमा एक करोड मेट्रिक टन भैंँसीको दूध उत्पादन हुनेगर्दछ ।

गाईको तुलनामा भैँंसीको दूधमा पोषक तत्व बढी हुने हुँदा भैंँसीको दूधको महत्व बढिरहेको छ । अध्ययनका अनुसार भैंँसीको दूधमा ४.५ युनिट प्रोटिन पाइन्छ भने गाईको दूधमा ३.२ युनिट पाईन्छ । त्यसैगरी भैँसीको दूधमा घीउको मात्रा आठ र गाईको दूधमा ३.९, कोलेस्टोर भैंँसीको दूधमा ८ र गाईको दूधमा १४ पाइन्छ । कोलेस्टोर मानव स्वास्थ्यका लागि हानिकारक तत्व हो ।

क्याल्सियम भैँंसीको दूधमा १९५ र गाईको दूधमा १२० पाइन्छ । इनर्जी भैंँसीको दूधमा ११० किलो क्यालरी पाइन्छ भने गाईको दूधमा ६६ किलो क्यालोरी पाइन्छ । पानीको मात्रा भैंँसीको दूधमा ८१ र गाईको दूधमा ८८ युनिट पाइन्छ । यस हिसाबले पनि भैँंसीको दूध बढी महत्वपूर्ण हुने देवकोटाले बताउनुभयो ।

नेपालमा कूल दुग्ध उत्पादनको दुई तिहाईभन्दा बढी र कूल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैँंसीले ओगटेको छ । नेपालमा ५२ लाख भैंँसी रहेको तथ्यांक छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button