पोखराको सूचना दिन भन्दै लाखौ खर्चेको परिषदको वेभसाइटमा बर्ष बित्दापनि आफ्नै सूचना अपडेट छैन

 पोखरा न्युज । पोखरा र यस आसपासका क्षेत्रको पर्यटनको बारेमा देश बिदेशमा जानकारी फैलाउने उधेश्यले पोखरा पर्यटन परिषदले निर्माण गरेको वेभसाइट तथा मोवाइल एप्स बर्ष  बित्दा समेत अपडेट  गरिएको छैन ।

सहि सूचनाको माध्यमबाट पोखराको प्रवर्द्धन गर्न भन्दै लाखौ खर्च गरेर तयार पारिएको उक्त वेभसाइट तथा मोवाइल एप्समा परिषदको नयाँ कार्यसमिति चयन भएको सात महिना बित्दा समेत अपडेट नगरी पुरानै कार्यसमितिको बिवरण  राखिएको छ । परिषदको अध्यक्षमा हालसम्म पनि निवर्तमान अध्यक्ष सोम थापा कै फोटो  छ । अध्यक्षको तर्फवाट राखिने भनाई तथा अन्य पदाधिकारीको विवरण र फोटो समेत पुरानै कार्यसमितिको छ ।  करिब एक वर्ष यताका परिषदका आफ्नै  गतिविधि तथा सूचना समेत त्यहाँ अपडेट गरिएको छैन  ।

भूकम्पबाट खस्केको पोखराको पर्यटनलाई माथि उकास्न वेभसाइट वाट पोखरा र आसपासका पर्यटकीय क्षेत्रबारे पर्यटकले चाहेको सूचना उपलब्ध गराउने  गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) जापानले  पोखरा पर्यटन परिषद् (पिटिसी) लाई आर्थिक सहयोग गरेको थियो ।

आइएलओले ‘एलइडि’ (स्थानीय आर्थिक विकास) कार्यक्रम अन्तर्गत पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागी प्रवर्द्धनात्मक सूचना दिने खालको वेभसाईट, पोखरा गाईडबुक, ब्रोसर, नक्सा सहितको सूचना पाटी निर्माणका लागी करिब ४० लाख सहयोग प्रदान गरेको थियो । आइएलओको सहयोगमा परिषदले पोखराटुरिजम डट ओआरजी डट एनप नाममा वेभसाइट तथा पोखराटुरिजम मोवाइल एप्स तयार परेको थियो ।

सामान्य कुरा समेत वेभसाइट तथा मोवाइल एप्समा अपडेट नभएको  बिषयमा हामीले परिषद्का अध्यक्ष शर्मालई सोध्दा आफुले अपडेटको कामको जिम्मा महासचिवलाई दिएको भन्दै उम्किन खोजे । शर्माले भने,’मैले यस कामको लागि महासचिवलाई जिम्मा दिएको हो, वहाँ  यतिबेला भारत भ्रमणमा हुनुहुन्छ ।’

पोखरेली पर्यटन सम्बद्ध सस्थाहरुको छाता संगठन रहेको  परिषद्को गत चैत्रमा सम्पन्न नवौ अधिबेशनवाट नाट्टाका पुर्व अध्यक्ष केदार शर्माको अध्यक्षमा नयाँ कार्यसमिति गठन  भएको थियो  । पर्यटन परिषदको  कार्यसमिति अन्तर्गत  उपाध्यक्षमा भरतराज पराजुली, महासचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा नवराज अधिकारी, अन्य तिन सदस्य रहेका छन् भने  पर्यटन संवद्ध संस्थाका अध्यक्ष पदेन सदस्य रहका  छन ।

आफ्नै कार्यसमितिको आन्तरिक कुरा तथा सस्थाको गतिबिधि समेत अपडेट हुन् नसक्नु दुर्भाग्यपूर्ण रहेको परिषद्का पार्षद एबम राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका पश्चिमान्चल संयोजक गोविन्दराज पहारीले बताए । आन्तरिक कुरानै समयमा अपडेट गर्न नसक्ने सस्थाले कसरी पोखराको सहि सूचना दिन र प्रबर्द्धन गर्न सक्छ भन्ने प्रश्न चिन्ह खडा हुन् सक्ने भन्दै पहारीले यस्ता कुराले सस्थाको विश्वसनीयता गुम्न सक्ने तर्फ ध्यान दिन  जरुरि रहेको बताए  ।

परिसदमा सिईयो सहित ३ जना कर्मचारी २  वटा कम्पुटर तथा इन्टरनेट सेवा उपलब्ध रहेको छन् ।  केहि समय यता  सिईयोको पद खाली रहेको  अध्यक्ष  शर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button