राष्ट्रिय निकुञ्जका दृश्यलाई चित्रमा उतार्दै विदेशी कलाकार

पोखरा न्युज ।

नेपालसहित तीन देशका कलाकार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरिपरि बस्तीका विभिन्न दृश्यलाई चित्र ९आर्ट०मा उतारेका छन् ।

चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी तथा विदेशी कलाकारले दृश्यमा चित्र उतारेका हुन् । आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेलमा कलाकार बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् । ‘प्रकृतिका लागि कला’ भन्ने नारासहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुईजना विदेशी छन् । चित्र उतार्नेमा नेपाल, भारत र रसियाका कलाकार संलग्न छन् ।

दश दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको बस्ती अवलोकन गरेपछि आफूले देखेका दृश्यलाई चित्रमा उतार्न थालेका हुन् । “आरक्ष र नजिकका बस्तीमा घुम्यौँ, कलाकारले त्यहाँ जे देख्यो, त्यसैलाई अहिले आ–आफ्नो चित्रमा उतारिरहेका छन्”, टोलीका संयोजक सुदर्शनविक्रम राणाले भन्नु भयो । प्रकृतिलाई कलासित जोड्ने कार्य हुँदैछ ® शुक्लाफाँटा निकुञ्जको प्राकृतिक दृश्य, वरिपरिको दृश्य, संस्कृति, रहन–सहन–खानपिन लगायतका विषयलाई चित्रमा उतारिने उहाँले बताउनुभयो ।

प्रत्येक कलाकारले दुई-दुई चित्र बनाउनेछन् । ती सबै ३४ चित्रलाई रिलिफ फण्ड फोर आर्ट अफ नेचर ९आरएफडब्लुएफ०मा प्रदान गरिनेछ । फण्डको सहयोगमा देश–विदेशका कलाकार यहाँ आएका हुन् । फण्डले सबै मानव–जनावर द्वन्द्व न्यूनीकरणका लागि सचेतना फैलाउन सबैका चित्रको प्रदर्शनी गर्ने राणाले बताउनुभयो । कलाकारहरुको आर्ट अफ नेचरलाई एफडब्लुडिसी, ललितकला क्याम्पस, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष लगायतले सहयोग गरेका छन् ।

टोलीमा नेपालका राणासहित संगीत श्रेष्ठ, लालकाजी थापा, एमवी गुरुङ, केशवराज खनाल, प्रदीप राणा, किरण सिगु, जसमणि राजभण्डारी, राजन पन्त, सुनिता राणा, प्रमित ढकाल, सुरेन्द्र देसार र रीता मानान्धर छन् । यसैगरी भारतका प्रत्युश दास र रुसका तातियाना टोलीमा सहभागी छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button