मिस डिभा पोखराको अडिसन शनिबार हुदै

पोखरा न्युज ।

ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीद्धारा आयोजीत दोस्रो संस्करणको मिस डिभा पोखरा को अडिसन कात्तिक २५ गते शनिबार हुने भएको छ । पहिलो संस्करणमा भन्दा केहि पृथक बनाउने सोचका साथ अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ । होटल बाराही लेकसाइडमा विहान साढे ११ बजेबाट अडिसन सुरु हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए । प्रतियोगीता मोडलिङ क्षेत्रमा यो अगाडी बढ्न चाहनेहरुको लागि कोशेढुङ्गा बन्ने आयोजकको विश्वास छ ।

अडिसनमा भाग लिनका लागि कम्तिमा एस एल सी उत्रीर्ण १८ वर्ष उमेर पुगेका न्युनतम ५ फिट उचाई भएका युवतीले भाग लिन सक्नेछन् । अडिसन मार्फत ५० जना प्रतियोगीको छनोट गरिने मेनेजर आचार्यले जनाए । विगत पाँच वर्षदेखि पोखरामा विभिन्न इभेन्ट गर्दै आएको यस कम्पनीले प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म प्रतिभा पस्कन लगाई उनीहरु मध्येबाट हरेक हप्ता २ जना प्रतिष्पर्धी बाहिरिने छन् ।

‘मिस डिभा टिभी सोमा हरेक हप्ता प्रतियोगीले आफ्नो क्षमता देखाउनु पर्नेहुदाँ उनीहरुमा निखारता प्रदान हुनेछ’ आचार्यले भने ।

प्रतिष्पर्धीलाई विभिन्न ६ वटा समुहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धि सँगै प्रतिभा प्रस्फुटन गर्न लगाइनेछ । मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पुजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ, अनु रेग्मी, समीर गुरुङ, सुस्मिता पाठक, जयन्ती गुरुङ लगायतले उनीहरुमा निखारता प्रदान गर्ने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताइन् । ‘पोखराका १२ जना मोडलको प्रत्यक्ष निगरानीमा प्रतियोगीले क्षमता अभिवृद्धि गर्न पाउँछन्’ संयोजक केसीले भनिन् ।

अन्तिम प्रतिष्पर्धा ४० प्रतिष्पर्धीकाबिच पौष २२ गते पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भव्य कार्यक्रमकाबिच हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button