दिपक र तुलसाको चल्यो मायाको जुहारी “रुखै मुनी बसौला ”( भिडियो सहित )

[mom_video type=”youtube” id=”Vkgi3pPRqPA”]

पोखरा न्यूज । 

गायक दिपक थापा मगर र गायिका तुलसा घर्ति मगरको आवाजमा निकै मर्मस्पर्सी लोक दोहोरी गीत “रुखै मुनी बसौला ” लाई प्रेम संगित म्युजिक प्रालिले आजबाट बजारमा उपलब्ध गराएको छ ।

माया प्रेमका सम्वादहरु रुख मुनी बसेर गर्ने इच्छा व्यक्त गदै दिपकले गायिका तुलसालाई पिर चिन्ता नगर्न आग्रह गरेका छन । दुख सुख जस्तो सुकै परिस्थितिमा पनि आपसमा मिलेर बस्ने अपेक्षा गितमा गरेका छन । त्यसको बदल्लामा गायिकाले आफनै बन्ने आशा भए माया समाजका मानिसहरु समक्ष प्रस्तुत गर्न भनेकि छन ।

भिडियोलाई ब्यस्त तथा चर्चित निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेका छन । उनीद्धारा निर्देशित गितले आम दर्शक तथा स्रोताको माग अधिक रहेको छ । पछिल्लो समयमा कुनै पनि गीत संगीत को पूर्ण आनन्द लिन मात्र कानको श्रवनले नपुगी आँखाको रमझम बाट पनि गीत संगीत रुचाइने गरिन्छ । त्यसैले अशंख्य दर्शकहरुलाई लक्षित गरेर यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ ।

गीतको म्युजिक भिडियोमा मोडलिंग क्षेत्रका लागि निकै आशा लाग्दा गायक तथा कलाकार दिपक थापा मगरको अभिनय रहेको छ । जिवनको जिबन्त अभिनय दिपक र रुपा कडेँलले गरेका छन । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने ,रमित ओली ले सम्पादन गरेका छन । गितको लय , शब्द तथा संगित संयोजन पिम मगरको रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button