पोखरामा मिस डिभाको अडिसनबाट ३८ जना छनोट

पोखरा न्युज ।

ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीद्धारा आयोजीत दोस्रो संस्करणको मिस डिभा पोखरा को अडिसन सम्पन्न भएको छ ।

होटल बाराही लेकसाइडमा आयोजित अडिसन मार्फत ३८ जना युवती छनोट भएको कार्यक्रम संयोजक स्वस्तीका केसीले बताइन् । छनोट भएका युवतीलाई ओरेन्टेसन कक्षा मंसिर २ गते होटल पोखरा ग्राण्डमा हुने उनले जनाइन् ।

विगत पाँच वर्षदेखि पोखरामा विभिन्न इभेन्ट गर्दै आएको यस कम्पनीले प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म प्रतिभा पस्कन लगाउनेछ । उनीहरु मध्येबाट हरेक हप्ता २ जना प्रतिष्पर्धी बाहिरिने छन् ।

प्रतिष्पर्धीलाई विभिन्न ६ वटा समुहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धि सँगै प्रतिभा प्रस्फुटन गर्न लगाइनेछ । मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पुजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ, अनु रेग्मी, समीर गुरुङ, सुस्मिता पाठक, जयन्ती गुरुङ लगायतले उनीहरुमा निखारता प्रदान गर्नेछन् । अन्तिम प्रतिष्पर्धा पौष २२ गते पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भव्य कार्यक्रमका बिच हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button