पहिलो पटक क्रिकेटको सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्ने

पोखरा न्युज ।

एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।

मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।

समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई आठ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपालले बंगलादेशसँगको पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने भारतलाई १९ रन तथा आयोजक मलेसियालाई आठ विकेट पराजित गरेको थियो ।

यु–१९ उमेर समूहको एशिया कपमा तीनपटक च्याम्पियन बनेको भारत लगातार दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने आयोजक मलेसिया पनि प्रतियोगिताबाट बाहिरियो ।

त्यसैगरी समूह ‘बी’मा रहेका पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गरे भने श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताबाट बाहिरिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button