पोखराको सांग्रिला रिसोर्टमा भोली देखि ‘वार बि क्यु नाइट’ हुने

पोखरा न्युज ।

आन्तरिक पर्यटक लक्षित गरी सांग्रिला रिसोर्टले हरेक शुक्रबार ‘वार बि क्यु नाइट’ गर्ने भएको छ ।

वार बि क्यु नाइटमा विभिन्न देशका खानाका परिकारसहित मनोरञ्जनात्मक क्रियाकलाप गरिने सांग्रिला रिसोर्ट पोखराका आवासीय प्रबन्धक उमेश थापाले बताए ।

सो क्रममा आन्तरिक पर्यटकलाई तारे होटलमा आएर विभिन्न देशका परिकारको स्वाद लिन सहज होस् भन्ने उद्देश्यले हरेक शुक्रबार उक्त कार्यक्रम गर्न लागिएको थापाले बताए ।

यसैक्रममा मंसिर १ गते शुक्रबार मंगोलियन खानाका परिकार ग्राहकको अर्डरअनुसार तयार पारिने फुड एण्ड म्यानेजर पदम न्यौपानेले जानकारी दिए । उनका अनुसार खानाका परिकार ग्राहककै आँखा अगाडि तयार पारिनेछ ।

यस्तै, नेपाली मौलिकता झल्किने सारङ्गी, मादल र बाँसुरीको धून समेत सुनेर आनन्द लिन पाइनेछ ।

२६ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको तारेहोटल सांग्रिलामा ६१ वटा रुम छन् । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक लक्षित गरी रिसोर्टले विविध कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button