नोकियाको सस्तो स्मार्टफोन पोखरामा

पोखरा न्युज ।

विश्व प्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया–२ पोखरामा बिक्री शुरू गरेको छ ।

४१ सय एमएएचको पावरफुल ब्याट्री ब्याकअप भएको यो मोडेल ५ इन्च डिस्प्ले साईजको छ । ८ मेगा पिक्सेलको पछाडि र ५ मेगा पिक्सेलको उत्कृष्ट सेल्फी क्यामरा रहेको फोनमा १ जिबि रयाम ८ जिबि रोम रहेको र १२८ जिबि सम्मको क्षमता बढाउन सकिने यस क्षेत्रको आधिकारिक वितरक न्यू एसपी ईन्टरप्राईजेजका प्रोपाइटर शिवराज पहारीले जानकारी दिए ।

क्वालकम प्रोसेसर रहेको यस फोनमा एन्ड्रोईडको पछिल्लो भर्सन नोउगटमा आधारित छ । यस मोडेलमा एन्ड्रोईडको आगामी भर्सन ओरियो अपडेट छिट्टै उपलब्ध हुनेछ । केही समय अगाडि बजारमा उपलब्ध गराएको तीन वटा स्मार्टफोनका साथै अब आउने नयाँ सबै स्मार्टफोनहरूमा एन्ड्रोएडको पछिल्लो भर्सन ओरिओ ८.० अपडेटको घोषणा गरेको छ ।

हाल बजारमा उपलब्ध नोकिया थ्री, नोकिया फाईभ र नोकिया सिक्समा एन्ड्रोएड ओरिओ अपडेट गर्न सकिने कम्पनीले जनाएको छ । एन्ड्रोईड ८.० ओरिओ भर्खरै बजारमा आएको पछिल्लो अपडेट हो । हाल बजारमा उपलब्ध नोकिया टु, नोकिया थ्री, नोकिया फाईभ र नोकिया सिक्सको मूल्य क्रमशः ११ हजार ८ सय ४९, १५ हजार ६ सय ५०, २१ हजार ३ सय ५० र २५ हजार ६ सय रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकवर्गका लागि नोकिया ३ र नोकिया ५ मा क्रमशः १६ जिबि र ३२ जिबिको मेमोरी कार्ड उपहारस्वरूप निःशुल्क प्रदान गरेको पहारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button