विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

पोखरा न्युज  ।

भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ ।

तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो ।

सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो । पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्को विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो ।

विहान सवा ४ बजे पुनःअर्को विमानबाट उडान भरिएको थियो ।

चरा ठोक्किएको सो विमानमा सामान्य दाग देखिएको छ । उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button