राप्रपा कास्कीको चुनाव प्रचारप्रसार घरदेखि खेतसम्म

पोखरा न्युज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दोस्रो चरण अन्तर्गत सम्पन्न हुन गइरहेको कास्कीका तीनवटै क्षेत्रबाट प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार तिव्र पारेको छ ।

प्रचारप्रसार अन्तर्गत कास्कीको क्षेत्र नं. २ को प्रदेश सभा (ख) मा वडा नं. २० को भलाम, रयालेचौर, खोर मणिपाल, फूलबारी, आर्वाको महाप्रभुधाम, भलामको हरिहर गुफा सन्यास आश्रममा जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार जयलाल पुनले धार्मिक संस्था बचाउन, हिन्दु राष्ट्र जोगाउन आफ्नो कुलधर्मको रक्षा गर्ने एकमात्र पार्टी राप्रपा भएकोले सम्पूर्ण हिन्दुवादी महानुभावहरुलाई गाई चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । त्यसैगरी प्रदेश सभाका समानुपातिक उम्मेदवार शिवप्रसाद चालिसेले पनि किसानहरुले पसिना चुहाइरहेको खेतमा गएर पटक पटक अरुलाई गर्नुभयो यस पटक हिन्दु राष्ट्र जोगाउन संवैधानिक राजसंस्थाको लागि हाम्रो पार्टीलाई मत दिई विजयी गराउन आग्रह गर्नुभयो ।

त्यसैगरी क्षेत्र नं. १ अन्तर्गत लेखनाथका विभिन्न ठाउँहरुमा घरदैलो तथा सभा सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै क्षेत्र नं.१ प्रदेश (क) का उम्मेदवार देउबहादुर गुरुङ ध्रुवले राप्रपामा जनलहर बढेको बताउँदै हिन्दु राष्ट्र र राजसंस्थाको लागि आफ्नो उम्मेदवारी भएको बताउँदै आम सर्वसाधारण, पार्टीका कार्यकर्तालाई भोट हाल्न आग्रह गर्नुभयो ।

प्रचारप्रसार कार्यक्रममा विभिन्न क्षेत्र अन्तर्गतका उम्मेदवार लगायत स्थानीय कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको राप्रपा कास्कीका प्रचारप्रसार सहसंयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button