अख्तियार कार्यालय पोखरामा शिक्षा सम्वन्धी उजुरी बढी

पोखरा न्युज ।

अख्तियार दुरपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका अनुसार शिक्षामा सबै भन्दा बढी उजुरी पर्ने गरेको तथ्याँकले देखाएको छ । आर्थिक वर्ष २०७४-०७५ को कात्र्तिक मसान्त सम्ममा परेका उजुरी मध्ये ४७ उजुरी मध्ये १८ को फर्छौयौट भइसकेको जनाएको छ ।

कास्कीको सिक्लेशमा प्रवद्र्धनात्मक कार्यकम अन्तर्गत गरिएको कार्यक्रममा अन्य उजुरीको तुलनामा शिक्षाका उजुरीहरुमा विद्यालयको भौतिक निर्माण, पाठ्य पुस्तक, छात्रवृती लगाएतका विषयमा उजुरी पर्ने गरेको कार्यालयका रमेश ढकालले जानकारी दिए । उनले शिक्षा पछि संघिय मामिलाका सम्वन्धी उजुरीहरुमा ५८ वटा फर्छौयौट हुन वाँकी रहेको बताए ।

२०७० मा पोखरामा आयोगको कार्यालय स्थापना भए देखि २०७४ कात्र्तिक मसान्त सम्म विभिन्न विषयका कुल २ हजार ३ सय ८६ उजुरीहरु मध्ये २ हजार १ सय १ वटा उजुरीहरु फर्छौर्योट भइसकेको बताए । जसबाट १ करोड ४५ लाख ७७ हजार १ सय ६ रुपैंया असुल उपर भइसकेको र ३ लाख ६६ हजार १ सय ७ रुपैंया असुर उपरका लागि लेखी पठाएको जानकारी दिए । उनले २ सय ८५ वटा उजुरी अनुसन्धानको क्रममा रहेको समेत बताए । यस आर्थिक वर्षको ५ महिनामा आयोगमा ४ सय २२ उजुरी परिसकेको र १ सय ३७ वटा उजुरीहरु फर्छौयौट भइसकेको कार्यालयले जनाएको छ ।

सिक्लेशमा अवस्थित अन्नपुर्ण मावीका विद्यार्थी, शिक्षक र अभिभावक हरुका लागि आयोजित भ्रष्टाचार नियन्त्रण सम्वन्धी सामुदायिक शिक्षा कार्यक्रममा वोल्दै आयोगका पोखरा कार्यलयका प्रमुख यदु प्रसाद पन्थीले देशलाई भ्रष्टाचार मुक्त वनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका उप जिशिअ दिपेन्द्र ढकालले शिक्षामा भ्रष्टाचारका उजुरी कम गर्न हरेक विद्यालयमा सामाजिक परिक्षण र पारदर्शिता आवश्यक रहेको कुरा औंल्याए । सो अवसरमा मादी गाँउ पालिकाका उपप्रमुख विष्णु माया पौडेल, प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, आयोगमा कार्यरत प्रहरी डिएसपी फणिन्द्र प्रसाइ, विद्यार्थी स्नेहा गुरुङ्गले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम राज गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button