विदेशबाट फर्किएर गार्मेन्ट उद्योग संचालन गर्दै युवा

पोखरा न्युज ।

रोजगारको शिलशिलामा खाडी मुलुक साउदी अवरको एउटा कम्पनिमा काम गर्न पुगेका नेपाली युवा एक दशक जसो काम गर्दा गर्दै स्वदेश फर्किएर गार्मेन्ट उद्योग संचालन गरेकाछन। पोखरा, काठमाण्डौं, उदयपुर र चितवनका चार जना युवा विभिन्न जातिका भए पनि विदेशी भुमिमा नेपाली मर्म र भावना अनुसार स्वतन्त्र ढंगले अर्कोको देशमा काम गर्ने वातावरण गर्ने नभए पनि हाल स्वदेश फर्कियर गार्मेन्ट उद्योग संचालन गरेका हुन।

पोखरा प्रस्र्याङका केशव शर्मा सापकोटा, काठमाण्डौं ताहाचलका निराजन कार्की, उदयपुर वसाहका रामकुमार मगर र चितवन भरतपुरका राजु ज्ञवालीको संयुक्त लगानीमा हालै काठमाण्डौंको थानकोटमा लुक गुड निट वेयर गार्मेट उद्योग संचालन गरेका हुन ।

वैदेशीक रोजगारमा साउदी अवरमा मासिक एक लाख भन्दा बढी तलव खाने गरेका उनीहरुले स्वदेश फर्किएर संयुक्त रुपमा गार्मेट उद्योग संचालनमा गरेका हुन। विगत एक दशक देखि साउदी अरवको ल्याण्डमार्ग ग्रुप (म्याट्स फेसन) मा काम गर्दै आएका चार जना युवा मध्य हाल तीन जना युवा स्वदेश फर्कियर उद्योग संचालन गरेका हुन भने एक जना पुनः स्वदेश फकिर्नने तयारीमा रहेका छन। देशका विभिन्न ठाँउबाट खाडी मुलुक अरवमा काम गर्न पुगेका युवाले स्वदेश गएर केहि गर्नु पर्दछ भन्ने मान्यताले गर्दा युवा शक्ति र जागर छदै स्वदेश फर्किएर उद्योग संचालन गरेका हुन । ज्ञवाली केहि महिना पछि स्वदेश फर्किने तरखरमा रहेका छन भने अन्य तीन जना उद्योग संचालनसंगै विक्रि कक्ष स्थापनाको खोजिमा दौडिएका छन।

पोखराको लेकसाईडमा पोखरा प्रस्र्याङका केशव शर्मा सापकोटाले विक्रि कक्ष स्थापना गरेका छन। त्यसै गरी अन्य जिल्लाका सहकर्मीहरुले आ–आफ्नो क्षेत्रमा बिक्रि कक्षा खोलेर व्यवसायिक यात्रा अघि बढाउने योजनामा रहेका छन। उनीहरुको उक्त उद्योग स्थापना गर्न पहिलो चरणमा ५० लाख लगानी भएको गार्मेन्ट संचालक मध्यका एक सापकोटाले बताए । चार जना युवाहरु ३० देखि ४० बर्ष भित्रका उमेर समुहमा रहेकोले आफ्नो उर्जाशिल समय स्वदेशमै केहि गर्न भनि आफुहरु एक भई मासिक एक लाख देखि एक लाख ५० हजारसम्मको तलव खाने गरेको स्थानलाई छाडेर स्वदेश फर्किएको सापकोटाले जनाए । उनले भने “ अब हामीलाई अमेरीकाकै भिषा लगाए पनि हामी स्वदेशमै काम गर्न चाहान्छौं, हामी विदेश जान चाहादैनौैं, हामीले नेपालमा एक उदाहरण दिन खोजेका छौं, हाम्रो मन एक छ । ” अब छिट्टै चितवन, ईटहरी र काठमाण्डौंमा उक्त उद्योगबाट उत्पादन भएका लक्ता कपडाको बिक्रि कक्ष स्थापना गर्न लागेको उनले जनाए ।

हाल कालिगढ सहित १० जनालाई रोजगार दिएको उत्पादन म्यानेजर राम कुमार मगरले बताए । मासिक १५ देखि २० हजार थान विभिन्न कपडाको साईडमा उत्पादन गर्ने क्षमता भए पनि हाल बजारको माग अनुसार र सिजन अनुसारको कपडा उत्पादन गर्र्न लागेको मगरले बताए । ज्याकेट, सुईटर्स, टिसर्ट, विन्सिटर, ट्राउजर, कटनको बढी प्रयोग भएका कपडाहरु आफ्नो उद्योगमा उपलब्ध हुने उनले जनाए । सामान्यतया २ सय ५० पर्ने टिसर्ट देखि दुई हजार मूल्य बराबरका कपडाहरु आफ्नो बिक्री कक्षमा उपलब्ध भएको सापकोटाले बताए ।

उद्घाटनको अवसरमा २० प्रतिशत सम्म छुट समेत दिने उनले जनाए । भारत, चाईना, बंगलादेश, कोरीया लगायतका देशबाट आयात गरिएको कच्चा पदार्थबाट विभिन्न कपडाहरु उत्पादन गरीने भएको सापकोटाले जनाए । अन्य पसलहरुमा भन्दा आफ्नो पसलमा केहि सहुलियतमा कपडाहरु उपलब्ध गराउने भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button