पोखराका युवाहरुले गरे स्याङ्जा आधिखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग

पोखरा न्युज ।

पोखरामा रहेको अभियान युवा क्लवका युवाहरुले ७५ भन्दा बढी गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेस्नरी सामाग्री वितरण गरेका छन् । स्याङ्जा आधिखोला गाउँपालिकाको सिरुवारी पञ्चमुलमा अवस्थित गाउखर्क आधारभुत विद्यालयका विद्यार्थीहरुलाई उक्त सामाग्री एक कार्यक्रम माझ वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयकी प्रचार्य सावित्री गुरुङले विदेशी पर्यटकले बेला बखत सहयोग गरिरहेपनि नेपालीहरुले नै विद्यालयमा आएर यसरी सहयोग गरेको पहिलो पटक भएको बताउदै युवाहरुको समाजसेवाप्रतिको उत्तरदायीत्व देख्दा खुसी लागेको बताईन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बताईन् ।

त्यसैगरि अभियान युवा क्लवका अध्यक्ष मोहन बहादुर केसीले देशका कर्णधार रहेका विद्यार्थीलाई हौसला प्रदान गर्न यस किसिमको कार्यक्रम गर्दै आईरहेको जानकारी गराए ।

विद्यायल परिसरमा भएको कार्यक्रममा विद्यायल व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर नेपाली, क्लवका उपाध्यक्ष मुक्ति बिजुक्छे, संस्थापक कोषाध्यक्ष कृष्ण बहादुर थापा, संस्थापक सचिव रामु गिरी, कोषाध्यक्ष इन्द्र राना, सदस्यहरु विनोद क्षेत्री, विक्रम थापा, कृष्ण थापा, विश्वजित मल्ल, प्रवेश कार्की, मुक्त गिरी, अमृत गुरुङ, रमेश जिसी, दिनेश अर्याल, विद्यालयका पूर्व शिक्षक धन प्रसाद पौडेल, शिक्षिका सुनिता परियारलगाएतले स्टेसनरी वितरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष मोहन बहादुर केसीले गरेका थिएभने कार्यक्रमको संचालन क्लवका सचिव राजु गिरीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button