विप्लव समूहका तीन पक्राउ

पोखरा न्युज  ।

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन् । उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button