क्यानडामा यानकुमारीलाई स्वर्ण पदक

पोखरा न्युज ।

क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे ।

टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदकविहिन रहे । महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् । ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन् । च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button