३ वर्षभित्र पोखरा – सिक्लेस सडक कालोपत्रे

पोखरा न्युज ।

पाँच वर्षमा विकासको लहर – गुरुङ

कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफ्नो क्षेत्रका गाउँ गाउँमा विकासको लहर ल्याउने बताएका छन् । पोखरा १३ र मादी गाउँपालिका जोड्ने विजयपुर खोलामा छिट्टै पक्की पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखराबाट सिक्लेस जोड्ने सडक निर्माणको नेतृत्व आफूले गरेको बताउँदै गुरुङले अब आफ्नै पहलमा पोखरा सिक्लेस सडकलाई ३ वर्र्षभित्र कालोपत्रे गर्ने गुरुङले बताए ।

बाम गठबन्धनले मादी गाउँपालिका ६ मा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले भने, ‘अहिले पोखराबाट सिक्लेस पुग्न ३ घन्टा समय लाग्छ । अब बाटो कालोपत्रे गरेपनि डेढ घन्टामा पोखराबाट सिक्लेस पुग्न सकिन्छ ।’

निर्वाचत पछि बाम गठबन्धनको बहुमतको सरकार बन्ने भएकाले गाउँ गाउँको विकासका योजना आफूले ल्याउने गुरुङले बताए । ३ वर्षभित्र विमानस्थल निर्माण सकेर कास्कीलाई पर्यटनको केन्द्र बनाउने उनले बताए । मादी करिडोरको बजेट रातो किताबबाट हटाइएको प्रति आक्रोस व्यक्त गर्दै उनले सिक्लेस हुँदै होचो हिमताल कफुचेसम्म सडक विस्तार गरिने बताए ।

पाँच वर्षसम्म जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘म तपाईंहरुकै छोेरा, भाइ तथा अभिभावक हुँ । मलाई जिताउने र र यहाँको विकासको नेतृत्व जिम्मा दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’ हिजो काँग्रेस, राप्रपा लगायत जुन पार्टीमा भोट दिएपनि अब सूर्य चिन्हमा मतदान गरी आफूलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडा नं. ६ का अध्यक्ष पसबहादुर बास्तोलाले वडा नं. ६ एमाले र माओवादीमय भएकाले सम्पूर्ण भोट बाम गठबन्धनका उम्मेदवारलाई खस्ने दावी गरे । ‘विकासका लागि गाउँदेखि केन्द्रसम्म एउटै पार्टीको सरकार चाहिन्छ,’ उनले भने, ‘यहाँको विकासको लागि पनि प्रदेश र केन्द्रमा बाम उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’ तप्राङका लागि नेपाली काँग्रेसले सिन्को पनि नभाँचेको उहाँको भनाई थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button