पोखरामा छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु

पोखरा न्युज ।

१५ औं संस्करणको अन्तर विद्यालय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ। समाजसेवी कर्णेल जे.पी. क्रसले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्। कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १५ टिमको सहभागिता छ।

पोखरा रङ्शालामा सञ्चालित प्रतियोगितामा सोमबार छात्रतर्फको आठ खेल भए। प्रतियोगिताको उद्घाटन खेलमा माउण्ट अन्नपूर्णले अल्फामाथि ३१–१९ को फराकिलो गोल अन्तरले हरायो। अन्य खेलमा कुमुदिनी होम्स, टप्स ए, लिटिल स्टेप्स, कास्की मोडर्नाइज्ड, प्यारामाउण्ट, सोसल पब्लिक र बालकल्याणको टिम बिजयी बनेको छ।

सोमबार भएको छात्रतर्फको खेलमा कुमुदिनी होम्सले ग्लोबल कलेजियटलाई ३३–२०, टप्स ए ले एलए सेकेण्डरीलाई ४३–९, लिटिल स्टेप्सले टप्स बीलाई ३१–१५, कास्की मोडर्नाइज्डले नेपाल आदर्शलाई २८–६, प्यारामाउण्टले रेम्बोलाई ३१–३०, सोसल पब्लिकले पोखरा युनाइटेडमाथि ४२–५ र बालकल्याणले न्यु ग्यालेक्सीलाई ३८–१६ स्कोरले हरायो।

लिग कम नक आउटका आधारमा सञ्चालित प्रतियोगिता अन्तरगत मंगलबार पोखरा रङ्शालाको कोर्टमा छात्रतर्फको र रामघाटस्थित पुन समाजघरको बास्केटबल कोर्टमा छात्रातर्फ पहिलो चरणका दश-दश खेल हुने आयोजकले बताएको छ।

पोखरा रङ्शालामा मंगलबार छात्रतर्फ ग्लोबल कलेजियटबिरुद्ध हिल पोइन्ट, कुमुदिनी बिरुद्ध नेपाल आदर्श, टप्स ए बिरुद्ध सरस्वती, टप्स बी बिरुद्ध न्यू ग्यालेक्सी, रेम्बो बिरुद्ध सोसल पब्लिक, माउण्ट अन्नपूर्ण बिरुद्ध एल ए, लिटिल स्टेप्स बिरुद्ध मनकामना, प्यारामाउण्ट बिरुद्ध पोखरा युनाइटेड, सरस्वती बिरुद्ध टप्स ए र कास्की मोडनाईज्ड बिरुद्ध कुमुदिनी होम्सले प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, रामघाटस्थित पुन समाजघरको कोर्टमा छात्रातर्फ कुमुदिनी होम्स बिरुद्ध मनकामना, रेम्बो बिरुद्ध हिलपोइन्ट, एलए बिरुद्ध बिएमजी, मेरिगोल्ड बिरुद्ध माउण्ट अन्नपूर्ण, टप्स बिरुद्ध लिटिल स्टेप्स, सरस्वती बिरुद्ध बालकल्याण, न्यू ग्यालेक्स बिरुद्ध कास्की मोडर्नाइज्ड, बिएमजी बिरुद्ध नेपाल आदर्श, हिलपोइट बिरुद्ध कुमुदिनी होम्स र रेम्बो बिरुद्ध मनकामनाले प्रतिस्पर्धा गर्नेछ।

छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुने टिमले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको हाइस्कोरर र बेष्ट प्लेयरका लागि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ।

१४ औं संस्करणको प्रतियोगितामा छात्रतर्फ बालकल्याण स्कूल विजेता तथा माउण्ट अन्नपूर्ण उपविजेता बनेको थियो। त्यसैगरी, छात्रातर्फ टप्स स्कुल विजेता तथा माउण्ट अन्नपूर्ण उपविजेता बनेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button