कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

पोखरा न्युज ।

कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ ।

पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स र ट्युनिसियाका नागरिकले समेत पाउने भएका छन् ।

यो सुविधा दिने विषयमा कतारको गृह मन्त्रालय र सिंगापुरको एक निजी कम्पनीबीच सम्झौता भएको कतार न्युज एजेन्सीको समाचारमा उल्लेख गरेको छ ।

सिंगापुरको सो कम्पनीले यी देशबाट अवैध रुपमा कतार बसेकाहरुलाई यो प्रक्रिया पुरा गर्न सघाउनेछ ।

सम्झौताअनुसार अवैध रुपमा कतारमा बसेकाहरुले आफ्नै देशमा मेडिकल चेकअप, बायोमेट्रिक रिपोर्ट र फिंगरप्रिन्टका काम पुरा गर्नेदेखि रोजगार सम्झौता समेत गर्न पाउने भएका हुन् ।

यसले हाल मेडिकल परीक्षणमा फेल भएको कारण अवैध रुपमा रहेका कामदारलाई निषेध गर्ने क्रममा कमी आउने समाचारमा उल्लेख गरिएको छ ।

सन् २०२० मा फिफा वल्र्ड कप आयोजकको रुपमा रहेको कतारले यसअघि पनि अक्टुवरमा बैदेशीक कामदारहरुलाई सहयोग पुग्ने विद्येयक पारित गरेको थियो । कातरमा २ करोडभन्दा बढि बैदेशिक कामदार रहेको मानिन्छ ।

गत वर्ष पनि कतारले वैदेशिक कामदारहरुले सहजै जागिर परिवर्तन गर्न सक्नेदेखि घर फिर्ता जान सक्ने प्रावधानसहितको श्रम कानुन ल्याएको थियो ।

कतारलाई फिफा आयोजक बन्नबाट रोक्दै आइरहेका दबाबहरुलाई सशक्त रुपमा सामना गर्दै आएको छ । हालै अन्य युएई लगायतका अरेबियन मुलुकहरुले नाकाबन्दी गरेका छन् ।

स्रोत : अनलाइनखबर https://www.onlinekhabar.com/2017/11/640777

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button