आइसिसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे

पोखरा न्युज ।

थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक-एक अंक बाँडेका हुन् । नेपालले लगातार दोस्रो पटक अंक बाडेको हो । यसअघि हिजो भएको थाइल्याण्डविरुद्धको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले अंक बाँडेको थियो ।

नेपालले दोस्रो इनिङ्समा पूरा ब्याटिङ गर्न नपाएपछि थाइल्याण्डविरुद्धको खेलमा अंक बाँडेको थियो । यससँगै नेपाल दुई अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा छ भने पहिलो खेल जितेको हङकङ दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा छ ।

विभिन्न ६ राष्ट्रले भाग लिएको उक्त छनोट खेलमा मलेसिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने युएई चौथो, थाइल्यान्ड पाँचौँ र चीन छैटौं स्थानमा छ । नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार युएईसँग खेल्नेछ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button