ड्याट्सनको नयाँ मोडल पोखरामा

पोखरा न्युज ।

ड्याट्सन ब्राण्डको नयाँ मोडलको गाडी पोखरामा पनि भित्रिएको छ ।ड्याट्सन रेडि–गो वान ओ.एल. पोखराको बजारमा भित्रिएको हो ।

नेपालको लागि अधिकृत विक्रेता पायोनियर मोटोकर्प प्रा.लि.को पोखरा डिलर थ्री एस.ट्रेड हाउसले ड्याट्सन ब्राण्डको पर्खाईको उक्त गाडी पोखराका ग्राहकहरु लगि लक्षित गरी मंगलबार देखि विक्रि वितरण समेत सुरु गरेको थ्री एस.ट्रेड हाउसका संचालक गोपाल बरालले बताए ।
नेपाली बजारमा सुहाउदो उक्त कार अन्य कार भन्दा केहि सुविधा भएको कम्पनिको दाबी छ । उक्त गाडीमा दुई किसिमका रेडि गो टि जिरो र रेडि गो एस मोडलमा नयाँ बिशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस ईन्ट्री, ब्लयाक ईन्टेरियर, हर्न इपाड, पवर स्टेरिंग, पावर विन्डो, चाँदी कलरमा एसी र ग्राहकको सुरक्षाको लागि एयर ब्याग समेत सुविधा भएको थ्री एस.ट्रेड हाउसका संचालक गोपाल बरालले बताए । चाँदी, खैरो, सेतो लगायतका कलरहरु उपलब्ध भएको बरालले जनाए ।

१९ लाख ४९ हजार देखि २० लाख ४९ हजार मुल्यका उक्त गाडी किन्दा ग्राहकहरुलाई एक लाखसम्मको छुट, एक्सचेन्ज सुविधा, एक बर्षको निशुल्क सडक कर, ३ बर्षको वारेन्टी र ३ बर्षको निःशुल्क सर्विसिङ उपलब्ध हुने ट्रेडर्सका अर्को संचालक राम बहादुर कार्कीले बताए । एक हजार सीसीको उक्त गाडीको माईलेज प्रतिलिटर १८ किलोमिटर हुने कार्कीले जनाए । साँढे दुई बर्षको अवधिमा पोखराबाट २ सय ५० वटा ड्याट्सनका गाडी विक्रि भएको समेत उनले जनाए ।

उक्त गाडीको मुल्य सस्तो, स्पेयर पार्ट्स सर्ब सुलभ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षण लुक्समा उपलब्धमा भएको प्रालिका सिनियर म्यानेजर प्रशान्त उपाध्यायले बताए । उनका अनुसार पछिल्लो तीन बर्षमा नेपालमा ड्याट्सनका ३ हजार वटा गाडी विक्रि भएका छन। उक्त कारमा आई.एस.ए.टि. ईन्जिनको बढी पावरमा उपलब्ध भएकोले ग्राहकहरुले आरामदायी अनुभव गर्ने भएको उनले विश्वास व्यक्त गरे । पायोनियर मोटो कर्पले ड्याट्सन ब्राण्डका हाल १३ वटा डिलरहरु मार्फत नेपाल भरी विक्रि वितरण तथा सेवा दिदै आएको उपाध्यायले बताए ।

यसैबिच, उक्त गाडीको मंगलबार एक समारोहका बिच पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले सार्वजनीक गरेका हुन। कार्यक्रममा बोल्दै उनले उक्त गाडीको पोखरा क्षेत्रमा माटो सुहाउदो भएकोले यसले छिट्टै बजार लिने दाबी गरे । उनले बस्तु विक्रि पछिको सेवामा छिटो छरितो रुपमा सेवा दिन सके दिगो हुने बताए । ट्रेडर्सका संचालक मध्यका एक राम बहादुर कार्कीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । ट्रेडर्सले आफ्नो गाडी विक्रिसंगै पछिको सेवामा उतिकै चनाखो भएको संचालक बरालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button