बालक बोकेका नरेशलाई पोखराका न्युरोडबासीको प्रतिबद्धता

पोखरा न्युज ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा र्निबाचनमा कास्की र्निबाचन क्षेत्र नं २ को १का प्रदेशसभाका स्वतन्त्र उमेदवार नरेश पालिखेको घरदैलो दैनिक रुपमा प्रभावकारी हुदै गएको छ ।

बालक चुनाव चिन्ह लिएर र्निबाचनमा होमीएको पालिखेले दुई दिनमा पोखराको वडा नं ८, ९ तथा अन्य भागहरुमा घरदैलो सम्पन्न गरेका छन । पोखराको बास्तोलाथर, न्युरोड, नयाँबजार, नागढुंगा, पृथ्वीचोक,बसपार्क, लगायतका स्थानमा घरदैलो सम्पन्न गरेका छन ।

घरदैलोको क्रममा उनी पुगेका स्थानमा मतदाताहरुले स्वागत गर्दे पोखरा बनाउने सोच भएको मानिसलाई भोट हाल्ने उनिहरुले प्रतिबद्धता जनाए । पोखराको न्युरोडमा रहेका नेपाली काग्रेस तथा अन्य दलका पुराना कार्यकर्ता तथा शुभचिन्तकहरुले पालिखेको पक्षमा आफुहरु रहेको प्रतिबद्धता ब्यक्त गरेको घरदैलोमा सहभागि रिता पालीखेले जनाईन । पालिखे पोखराको उपमेयर पदमा रहदा पनि आफुहरुले राम्रो काम गरेको अनुभव भएको भन्दै उनिहरुले सहयोग गर्ने प्रतिबद्धता गरेको पालिखेले बताईन ।

घरदैलोको क्रममा पुराना मतदाताहरुले पालिखे पुराना नेता भएको र खारिएको नेतृत्व भएको भन्दै र्निर्बाचनमा सफलताको शभकामना दिएकाले आफु थप उत्साहित भएको उमेदवार नरेश पालिखेले बताए । उनले आफुले हुल बोकेर ध्वनी प्रदुषण गर्नुभन्दा फरक शैैलीमा आफ्ना मतदाताहरु संग मत माग्ने र र्निर्बाचनमा बिजयी हुने बिस्वास ब्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button