Pokhara News

धादिङको गजुरीमा सकेट बम, यात्रु आतंकित

पोखरा न्यूज ।

पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, बिहानी पम्प नजिकै राजमार्गमा आज दिउँसो सकेट बम फेला परेको छ ।

चुनाव बहिष्कार गरेको नेकपा विप्लब नेतृत्वको माओवादीले राखेको बमका कारण पृथ्वी राजमार्गको ३ः३० देखि ४ः३० सम्म यातायात अवरुद्ध भएको थियो । राजमार्गको सडक छेउमा सकेट बम राखिएपछि सवारीसाधन रोकेर प्रहरी र सेनालाई खबर गरिएको थियो ।

राजमार्गमा बम राखेको खबर पाएपछि सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गरेपछि यातायात सञ्चालन भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । रासस

अन्य खबर

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ९ः५१ मा

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

खुल्दैछ.......