पचास हजार घूससहित प्रहरी अधिकृत पक्राउ

पोखरा न्यूज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिनुभयो ।

पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button