कम्प्युटर प्रणालीको माध्यमबाट बिलिङ सेवा

पोखरा न्यूज।

नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्रअन्तर्गत रहेको आय संकलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा शुरु गरेको छ ।

विसंं २०२८ मा शाखाका रुपमा स्थापना भएको सो केन्द्रले हस्तलिखितको माध्यमबाट बिलिङ सेवा शुरु गर्दैआएको थियो ।

हस्तलिखित माध्यमबाट बिलिङ गर्दा हुनसक्ने त्रुटीलाई नियन्त्रण गर्न केन्द्रीय नीतिअनुसार कम्प्युटर प्रणालीको माध्यमबाट बिलिङ शुरु गरिएको नेपाल विद्युत् प्राद्यिकरण अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

सो सेवाको नेपाल विद्युत् प्राद्यिकरण केन्द्रीय बिलिङ महाशाखाका प्रमुख सजुनकुमार श्रेष्ठ र महाशाखाका सहायक प्रबन्धक विजयकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा पहिलो महसुल बुझाउने अर्जुनधारा–५ का कृष्णमाया ढुंगेल, महसुल बुझाउन आउनुभएकी शान्ता खत्री र ज्येष्ठ नागरिक रौद्री पूर्वेलगायतलाई सम्मानित गरिएको थियो ।

आगामी दिनमा अनलाइनबाट महसुल भुक्तानी सेवा सञ्चालन गर्ने तयारी गरेको सो केन्द्रअन्तर्गत अर्जुनधारा, बुधबारे र शनिश्चरेका ११ हजार ८६८ ग्राहक रहेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button