कस्केली जनतासंग रबिन्द्र र करणको कहिल्यै विश्वासघात नगर्ने प्रतिबद्धता

कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारी र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताप्रति कहिल्यै विश्वासघात नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत भलामका विभिन्न क्षेत्रमा भएको घरदैलोपछि ¥यालेचौरमा आयोजित कोणसभामा बोल्दै उनीहरुले एकमुख भएर भने,‘हामीलाई विश्वास गरेर मत दिनुस्, हामी तपाईंहरुलाई कहिल्यै विश्वासघात गर्ने छैनौं ।’

कार्यक्रममा बोल्दै एमालेका युवा नेतासमेत रहेका अधिकारीले भलामलाई पोखराको मूख्य बजार जत्तिकै विकसित र ब्यबस्थित बनाउने बताए । उनले बिरोधी कांग्रेसले कम्युनिष्टहरुलाई फुटाउँदै राज गर्ने गरेको बताउँदै अबको चुनावबाट कांग्रेसको फुटाउ र राज गर रणनीति फेल खाने बताए ।

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार ‘करण’ले भलामको कायापलटका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरे । उनले आफू सांसद हुँदा २ करोडको लागतमा भलामबाट मनिपालसम्म जाने बाटो बनाएको, खोराकोमुखमा सिंचाइको तटबन्ध बाँधेको, भलामबाट काहुँ धरहरासम्म फुट ट्रयाक बनाएको बताउँदै अब भलामको उत्पादन बृद्धि र त्यसको बजारीकरण लागि काम गर्ने बताए । उनले हरिहर गुफाको विकास गरेर धार्मिक पर्यटनको क्षेत्र बनाउने आफ्नो सपना भएको बताउँदै सो योजना आफू निर्वाचित भएमा जसरीपनि पूरा गर्ने बाचा गरे ।

उम्मेद्वारहरु अधिकारी र ‘करण’ले विहीबार दिनभर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० मा पर्ने भलाम, ¥यालेचौरलगायतका क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलोमा लोकदोहोरी सम्राट प्रजापति पराजुलीलगायतको कलाकारको टोलीले ‘ठूलो भए नदी हुन्छ, सानो भए खोला, कांग्रेसको आस्वासनमा नफस्दिनु होला’ गीत गाउँदै मत माग्न सघाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button