बाम गठबन्धन कास्की क्षेत्र २ को प्रतिबद्धता पत्र सार्बजनिक

बाम गठबन्धन कास्की निर्बाचन क्षेत्र न २ ले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।

सो क्षेत्रबाट प्रतिनिधि सभा का प्रत्यक्ष तर्फका उम्मेदबार रबिन्द्र अधिकारि, प्रदेस सभा कास्की २(१) का उम्मेदबार कृष्ण थापा र प्रदेस सभा कास्की २(२) का उम्मेदबार राजकाजी गुरुङ करणले संयुक्त रुपमा आफुहरुको प्रतिबद्धता पत्र बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि सार्बजनिक गरेका हुन् ।

उम्मेदबारहरुले आफ्नो बिगतको कार्याकालको उपलब्धि सहित आगामी कार्य योजना सहित प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

प्रतिवद्धता पत्र प्रस्तुत गर्दै उम्मेदवार अधिकारीले आफू र आफ्नो पार्टीको पहलमा भएगरेका विकास निर्माणका कार्यहरू साथै, आगामी कार्यकालमा आफूले गर्नुपर्ने कार्यहरूको प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तोमा गठबन्धनले पोखरा विकासका लागि कुनैपनि कसर बाँकी नराख्ने र ४० वर्षदेखि अलपत्र पोखरा अन्तराष्टिय विमानस्थल जग्गाको मूआब्जा विवाद सुल्झाउने देखि पोखरा जोमसोम कोरलानाकाबाट चीन जोड्ने र पोखरा भिमाद कावासोती लोकमार्ग निर्माण गर्ने सम्म लोकप्रिय कामहरु गर्ने प्रतिवद्धता गठबन्धनले जनाएको छ ।

त्यस्तै उसले पोखरालाई स्वस्थ सफा र पर्यटकका लागि नमुना सहरका रुपमा विकास गर्ने प्रतिबद्धतापनि ब्यक्त गरेको छ । पोखारामा आवश्यक खानेपानि देखि उक्त क्षेत्र विकासमा गरीने सबै कामका सबै एजेन्डाहरु घोषणा पत्रमा समेट्दै स्थानियसँग भोट दिएर जिताउन गठबन्धनले अपिल गरेको छ ।

 प्रतिबद्धता पत्र

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2017/11/Final-Eclection-Commitment-Paper_Kaski-2.pdf” title=”Final Eclection Commitment Paper_Kaski 2″]

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button