रन्जु दर्शनाको पोखरामा अपिल ‘देश परिवर्तनको लागि भोट परिर्वतन गर्नुहोस’

विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य रन्जु दर्शनाले राजनीतिलाई पेशा बनाउन नदिने बताएकीछन।

विवेकशील साझा पार्टी कास्कीले  पोखरामा आयोजना गरेको नागरिक सभामा सम्वोधन गर्दै सदस्य दर्शनाले देशमा परिवर्तनको लागि भोट परिर्वतन गरी भ्रष्टचारीहरुको बिरुद्ध विवेकशील साझा पार्टीलाई भोट गर्न आग्रह गरिन ।

उनले भनिन “ हामी सकरात्मक परिवर्तन गर्न सक्छौं, हामीले आट गरेका छौं तर आम जनताले हाम्रो अभियानलाई होष्टेमा हैसे गर्नुहोला, हामी विकल्वमा आउदैछौं । ” विकल्पमा आउन पनि आँट चाहिने बताएकी दर्शनाले सामाजिक संजालले आफुहरुलाई धेरै प्रचार प्रसार गरेको बताईन। उनले भनिन “संविधान निर्वाचनमा पनि हामीलाई सामाजिक संजालबाटै ठुलो सहयोग मिलेको हो तर हामी अझै संगठन विस्तारको स्वरुप मै छौं । ” पारदर्शी, उद्यम शिलता अब नेपालमा आवश्यक भएको बताउदै उनले विगत ४ बर्ष देखि परामर्श तथा तालिम दिदै आएको जनाईन। उनले भनिन “भद्र आन्दोलन गर्दै शान्तिपुर्ण रुपमा हामीले देशमा भएको भ्रष्टचारलाई हटाउन चाहान्छौं ।” मुल्य मान्यतालाई आत्मसाथ गर्दै अघि बढे ईमानदारी हुने बताएकी उनले नयाँ मान्छे हाम्रो पार्टीमा आएमा आफुहरुले फिल्डर गरी राख्ने जनाईन। तराजु चिन्हः मा भोट गर्न आग्रह गर्दै उनले १ सय ९७ जना उम्मेदवार रहेको जनाईन ।

मुमारम खनालले पुराना राजनीतिक दलले देशलाई आर्थिक समृद्धि र विकासको बाटोमा द्रुत गतिमा लैजान नसक्ने दाबी गरे । जिल्ला संयोेजक राजा राम केसीकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार दीपक पौडे, क्षेत्र नम्बर २ बाट श्रीकृष्ण श्रेष्ठ, र कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार ई. मीलन अधिकारी रहेकाछन। कास्की क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यमा नवराज खनाल, क्षेत्र नम्बर १ को ख बाट फणिन्द्र मोहन कडेल, कास्की क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा चिरिन जीबी बराल, कास्की क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यमा चिरिन्जीवी अधिकारी र कास्की क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यमा गुरु प्रसाद बरालले उमेदवारी दिएका छन।

त्यस्तै कास्की प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट सोनिका लामा, प्रदेश सभाको लागि समानुपातिक तर्फबाट पवित्रा थापा र कास्की प्रदेश सभा सदस्य समानुपातिक तर्फबाट गौमाया परिवारले उम्मेदवार दिएकाछन। उक्त नागरिक सभा मानवअधिकार चोकमा हुने पुर्व घोषणा गरे पनि ध्वनि प्रदुषण हुने भने पनि चिनारियो थकाली भान्छा घरको सभाहलमा भएको संयोजक राजा राम के.सी.ले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button