मिस क्विन लेखनाथको फाईनल शनिबार हुने

मिस क्विन लेखनाथ ब्युटी कन्टेस्टको फाईनल चरण शबिनार हुने भएको छ । युवतीहरुको प्रतिभा र क्षमता प्रष्फुटन मार्फत उनीहरुलाई सामाजिक विकासमा सरिक हुन सघाउने अभियान अन्तर्गत मिस क्विन लेखनाथ सिजन ३ को शनिबार पोखरा सभागृहमा फाईनल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लेखनाथ मिडिया हाउसको आयोजनामा लेखनाथका ७ जना प्रतियोगीले फाईनल प्रतिस्पर्धा गर्ने भएको लेखनाथ मिडिया हाउसका अध्यक्ष एंव कार्यक्रम संयोजक सन्दीप पौडेलले बताए । ४० जनाबाट विभिन्न चरणमा ७ जना अन्तिम फाईनलको लागि छनौट भएको पौडेलले बताए । करिब दुइ महिना अघि देखि उनीहरुलाई तालिम प्रदान गरिएको हो । छनौटका क्रममा उनीहरुलाइ विभिन्न तालिम, अवलोकन तथा अनुसन्धानमा सहभागी गराइएको थियो ।

शनिबार हुने अन्तिम प्रस्पिर्धामा युवतीहरुको बौद्धिक परीक्षण, शारीरिक सुन्दरता र अन्तरनिहीत प्रतिभाको मुल्यांकन गरिने संयोजक पौडेलले बताए । प्रतियोगितामा उत्कृष्ट हुनेले टिभिएस बिगो स्कुटर, फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद ३० हजार प्राप्त गर्ने पनि संयोजक पौडेलले बताए । कार्यक्रम गर्न करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम श्रीकृष्ण प्रणामी वृद्धाश्रममा सहयोग गरिने आायोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button