पोखराको सृजना आवासीय मावीको रजत महोत्सव सुरु

चिनिया भाषाको पढाई सुरु हुने

पोखरा सिमलचौरमा अवस्थित सृजना आवाशिय माध्यमिक विद्यालयकोे रजत महोत्सव कार्यक्रम शनिवार देखि प्रारम्भ भएको छ । २०७५ मंसिर १५ गते सम्म संचालन हुने रजत महोत्सवको समाजसेवी खिमलाल गौतमले विधिवत रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा विद्यिालयका प्राचार्य डोलराज पाण्डेले विद्यालयका विविध पक्ष बारे जानकारी दिंदै नेपालमा चिनिया पर्यटकहरुलाई मध्येनजर गर्दै प्रावी र निमावी तह बाट चिनिया भाषाको अध्यापन सुरु गरिने जानकारी गराए । प्राचार्य पाण्डेले ‘नेपालमा चिनिया पर्यटकको वढ्दो आगमनका साथै विश्वमानै माग भएको चिनिया भाषाको पढाई आवश्यक देखेर नै हामीले यो सुरु गर्न लागेका हौं’ उनले भने – ‘काठमाडौ उपत्यका बाहेकाका अन्य जिल्लामा चिनियाँ भाषाको पढाई सुरु नभएको र नेपाल सरकारले नै उत्पादन गरेको पाठ्यक्रममा आधारित रहेर पहिलो पटक हामीले यो सुरु गर्ने छौं ।’ यसका लागि नेपाल स्थित चिनको राजदुतावास मार्फत पनि कुरा अगाडी बढाईएकोमा दुतावासले दुई जना शिक्षकको व्यवस्था समेत गरिसकेको उनले बताए ।

२०५० सालमा नर्सरी तह बाट १ सय १५ जना विद्यार्थी र ९ जना शिक्षक बाट सुरु भएको सृजना आवासिय मावीमा हाल १२ कक्षा सम्म संचालनमा छ भने ५८ जिल्लाका १ हजार ३ सय विद्यार्थी सहित १ सय ५ जना शिक्षकहरु कार्यरत रहेको विद्यालयका प्राचार्य पाण्डेले जानकारी गराए । हाल विद्यालयमा प्ले गु्रप देखि १२ सम्म ३७ वटा कक्षाहरु संचालनमा रहेको समेत उनले बताए ।

उनले विद्यालयका कक्षा कोठाहरुलाई प्रविधी मैत्री बनाइएको र विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान, शिप र क्षमता अभिवृद्धी तर्फ उन्मुख गराउन विविध कार्यक्रमहरु संचालन गरिएको बताए । उनले आगामी शैक्षिक सत्र बाट विद्यालयको संरचनाको विकास, सिटीइभिटीका कार्यक्रम संचालन, विज्ञान विषयमा स्नातक तह सम्मका कक्षा संचालन गरिने समेत जानकारी दिए । ‘विद्यालयले स्वच्छ, शान्त र सुविधायुक्त वातावरणमा अभिभावकको आकांक्षा र युगको आवश्यकता बमोजिम गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयत्नशील छौ प्राचार्य पाण्डेले भने ।

रजत महोत्सव उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विद्यालयले आफ्ना विद्यार्थीहरुलाई सामाजिक संस्कारको ज्ञान दिन सकेमा उनीहरुको जिवन पद्धतीमा समेत सुधार आउन सक्ने बताए । उनले भने– ‘विधार्थीको नतिजामा होइन जिवन पद्धतीको नतिजा र संस्कारमा परिवर्तन आउन सक्ने व्यहारिक ज्ञान आवश्यक छ ।’

विद्यालय संचालका समितीका अध्यक्ष एवम समाजसेवी परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा विदालयका शिक्षक हेमराज तिवारीले विद्यालयका विविध पक्ष बारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रजत महोत्सव कार्यक्रम अनुसार आन्तरिक प्रतिष्पर्धाका कार्यक्रमहरु, अन्तर विद्यालय जिल्ला स्तरिय लगाएत विभिन्न सामाजिक क्षेत्रका विविध कार्यक्रमहरु संचालन गरिने विद्यालयले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button