चर्चीत ब्याण्डका कलाकार समेटिएको ‘प्रोजेक्ट वान’ ले देशका प्रमुख शहरमा कन्सर्ट गर्ने तयारी

 

नेपालकै चर्चित ब्याण्डका कलाकारहरु समेटेर सुरु भएको “प्रोजेक्ट वान” ले देशका प्रमुख शहरमा कन्सर्ट गर्ने तयारी गरेको छ ।

ब्याण्डवागन बाई पोजिटिभ भाइब्सले स्थापना गरेको ब्याण्डमा विभिन्न ब्याण्डका कलाकारहरु समेटिएको छ भने उक्त ब्याण्डले जनवरीबाट देशका प्रमुख शहरमा कन्सर्ट गर्ने तयारी गरेको ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा ब्याण्डका संस्थापक विकेश कायस्थले बताए ।

आगामी २७ जनवरीमा पोखरामा उक्त ब्याण्डको प्रस्तुती हुने भएको कायस्थले जनाए । त्यसै गरी उक्त ब्याण्डले वुटवल, काठमाण्डौं, नारायणगढ, पुर्वको ईटहरी लगायतका क्षेत्रमा पप कन्सर्ट टुर अवधारणामा गर्न लागेको ब्याण्डका संस्थापक कायस्थले जनाए । साथै उक्त ब्याण्डले नयाँ एल्वम समेत हालै बजारमा ल्याउने अन्तिम तयारी भएको बताईन्छ ।

उक्त ब्याण्डमा रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, मुक्ति एण्ड रिभाइभल, द स्याडोज नेपाल र अनुप्रास्ता ब्याण्डमा आबद्ध कलाकारहरु रहेकाछन । गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही रहेकाछन।

वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स ब्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।

ब्याण्डको पहिलो कोसेलीका रुपमा यही डिसेम्बरमा एउटा एल्बम बजारमा ल्याएसंगै जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने तयारीमा रहेको कायस्थले जनाए । नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै ब्याण्डलाई एकै स्थानमा समेटेर नयाँ ब्याण्ड स्थापना गरेको उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button