रोनाल्डोले जिते पाँचौं बेलन डे’अर

पोर्चुगाल स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार कीर्तिमान बराबर गर्दै उत्कृष्ट फुटबल खेलाडीका रूपमा पाँचौंपल्ट बेलन डे’अर अवार्ड जितेका छन् । रियल म्याड्रिड फरवार्डले यस उपलब्धिसँगै पाँचौं पल्ट बेलन डे’अर जितेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेसीको बराबरी गरेका हुन् ।

यसपल्टको अवार्डमा मेसी दोस्रो तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार तेस्रो स्थानमा रहे । रियलले गत सिजन ३२ वर्षीय रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले युरोपेली च्याम्पियन्स लिगमा उपाधिको सफलतापूर्वक रक्षा गरेको थियो ।

यस्तै रियल पाँच वर्षको अन्तरमा पहिलो पल्ट स्पेनी ला लिगा जित्न पनि सफल भएको थियो । ‘निश्चित रूपमा म खुसी छु, प्रत्येक वर्ष यस्तै होस भन्ने इच्छा पनि छ,’आइफल टावरमा आयोजित कार्यक्रममा रोनाल्डोले भने, ‘गत सिजन रियलले जितेको दुई उपाधिका कारण यो अवार्ड सम्भव भएको हो, त्यसैले म क्लबका साथी खेलाडीलाई यसका लागि धन्यवाद दिन चाहन्छु ।’

रोनाल्डोले फिफाबाट दिइने उत्कृष्ट फुटबल खेलाडीको उपाधि पनि जितिसकका छन् ।

स्रोत: इकान्तिपुर https://kantipur.ekantipur.com/news/2017-12-08/20171208090854.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button