सामरीस्ल्याम टेनिसको लागि पोखरेली टोली हेटौडा प्रस्थान

नेपाली सेनाको मध्य पृतना हेटौडामा आयोजित आठौं संस्करणको सामरीस्ल्याम ओपन टेनिस प्रतियोगिताको लागि पोखराका टोली प्रस्थान गरेका छन् । २५ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगिताको लागि १२ जना खेलाडी हेटौडा प्रस्थान गरेका हुन् ।

खुल्ला तथा विभिन्न उमेर समूहमा पोखराका खेलाडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । ओपन तर्फ निरज गुरुङ, प्रदीप खड्का र अनिल साईले प्रतिस्पर्धा गर्ने छन् । ३५ वर्ष माथिको उमेर समूहमा नविन चालिसे, गोपी भट्टराई, राजन पौडेलको सहभागिता रहेको छ । ४५ वर्ष माथिको उमेरमा भने धरमबहादुर लामिछाने, पदम गुरुङ र राजु गुरुङले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ५५ वर्ष माथिको उमेरमा भने बसन्त प्रधान र राजकुमार घिमिरेको सहभागिता रहेको छ । महिला तर्फ भने प्रिती बरालको मात्रै सहभागिता रहेको बसन्त प्रधानले जानकारी दिए ।

उपाधि प्रतिस्पर्धाको लागि पोखरेली आईतबार दिउँसो हेटौडा प्रस्थान गरेका हुन् । खुल्ला तर्फको प्रतिस्पर्धामा ५० हजार रुपैयाँ सहितको उपाधि पाउने छन् । त्यस्तै उमेर समूह तर्फ नगद ३० हजार नगदसहितको पुरस्कार रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button