पोखरामा हुने संगम कप फुटबल प्रतियोगिताको तयारी तिव्र

आगामी पुष १ गते देखि पोखरामा संचालन हुने छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ को तयारी तिव्र पारिएको छ ।

पोखराको संगम क्लवको आयोजनामा पुष ५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए ।

उनका अनुसार हालसम्म करिब १६ टिमले दर्ता गरि सकेका छन। पर्यटन र खेलकुदको राजधानि बनाउने अभियानमा आफुहरुले विगत पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटबल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखि फुटबल खेलको विकासको लागि फुटबल (ईलाभेन ए साईड फुटबल) प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष मायाले बताए । प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५-५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

विगतका वर्ष देखि सहयोग गर्दैै आएको संगम एल.जी. हङकङ मुख्य प्रायोजक रहेको छ । द्धितिय पुरस्कार प्रायोजकमा होटल कोस्ट लेकसाईडका ग्यारे गुरुङ र टेक बहादुर गुरुङ रहेका छन। त्यसै गरी उत्कृष्ट गोलरक्षक प्रायोजकमा होटल डाँफेका संचालक विनोद भुजेल, सह–प्रायोजकमा संगम यू.के., संगम अष्ट्रेलिया, संगम कोरिया, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३, पोखरा पशु व्यावसायी केन्द्र–चाउथे रहेका छन। त्यसै गरी पोखरा रानिपौवाका तिलक गुरुङ, धरानका दिपेन राई, पोखराका चन्द्र गुरुङ र पोखराका गोपाल गुरुङ हाल हङकङ समुहबाट प्रतियोगिताको पहिलो पुरस्कार प्राप्त हुने भएको छ । यस प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको ,सहयोग गरेको सचिव शिव नेपालीले बताए । अझै केहि दिनसम्म टिमहरुको दर्ता लिने भएको प्रतियोगिताका संयोजक खेमराज गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button