मिस डिभा पोखराको लागि २२ जना युवती छानिए

दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिएका छन् । प्रतियोगीहरुले प्रस्तुत गरेको क्षमताको आधारमा हरेक हप्ता २ जना प्रतियोगी प्रतियोगीता बाहिरिनेछन् भने उत्कृष्ट प्रस्तुती राख्ने २ जना युवति सो टपरको रुपमा हरेक हप्ता पुरस्कृत हुनेछन् ।

यो हप्ता पोखरा लेकसाइडको ओजन लाउञ्जबारमा भएको कार्यक्रममा आकृती गुरुङ र लक्ष्मी गुरुङ सो टपर बन्न सफल बने । ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीद्धारा आयोजीत मिस डिभा पोखराका लागि अडिसन मार्फत ३८ जना युवती छनोट भएका थिए । ग्राण्ड फिनाली पौष २२ गते पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भव्य कार्यक्रमका बिच हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए ।

प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म प्रतिभा पस्कन लगाइने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताइन् । प्रतिष्पर्धीलाई विभिन्न ६ वटा समुहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धि सँगै प्रतिभा प्रस्फुटन गर्न लगाइने गरेको केसीले जनाइन् । मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पुजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ, अनु रेग्मी, समीर गुरुङ, सुस्मिता पाठक, जयन्ती गुरुङ लगायतले प्रतियोगीहरुमा निखारता प्रदान गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button