विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

 

नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले चलाएको बा२८प २१९४ नंं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button