अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ ।

विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका इ ध्रुवदास भोछिभोयाबाट थाहा भएको छ ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गतवर्ष गर्नुभएको थियो । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिनेछ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेता रायमाझीले सो विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा व्यक्त गर्दै आउनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button