पोखरामा बृहत शैक्षिक एवं लोक नृत्य प्रतियोगिता हुने

नेशनल प्याब्सान कास्कीले यही मंसिर २९ गते तथा पुष १ र २ गते सम्म पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा बृहत शैक्षिक प्रर्दशनी एवं विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।

‘एन प्याब्सान कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यवहारीक ज्ञान’ भन्ने मुल नाराका साथ सञ्चालन हुने तिन दिवसीय बृहत शैक्षिक प्रर्दशनीमा भाषा, विज्ञान तथा प्रविधि, गणित, सामाजिक शिक्षा र प्राथमिक तहका गरी विभिन्न पाँच विधा समावेश गरिने एन प्याब्सान कास्कीका अध्यक्ष राम बहादुर मोचीले जानकारी गराए ।

सो बृहत शैक्षिक प्रर्दशनीमा हरेक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई पुरस्कृतका गरिनुका साथै ति मध्ये कार्यक्रममा सम्पूर्ण विद्यालयहरूले प्रस्तुत गरेका सबै विधाहरूको मूल्याङ्कन पश्चात सबैभन्दा बढि अंक प्राप्त गर्ने तिन वटा विद्यालयहरूलाई पनि सर्वोत्कृष्ट पुरस्कारले पुरस्कृत गरिने उनले बताए ।

४५ विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायत ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ भने कार्यक्रमका लागि कुल १० लाख खर्च हुने बताइएको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रश्फुटन गराउँदै मुलतः विद्यार्थीहरूले हासिल गरेको ज्ञानलाई व्यवहारीक रूपमा प्रस्तुत गर्ने उद्देश्यले बृहत शैक्षिक प्रर्दशनीको आयोजना गरिएको अध्यक्ष मोचीले बताए । वृहत् शैक्षिक कार्यक्रमको साथमा नेपाली कला र लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने हेतुले विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता समावेस गरी कार्यक्रमलाई अझ उत्कृष्ट तथा मनोरञ्जनात्मक बनाइने संस्थाका सचिब मनकाजी गुरुङ्गले बताए ।

विद्यार्थीहरूको शिक्षण क्रियाकलापमा सहयोग पुरयाउने गरी विद्यार्थीहरूबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानिय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामाग्रीहरू शैक्षिक प्रर्दशनीमा प्रर्दशन गरिने छन् । शैक्षिक प्रर्दशनीको अवलोकनको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शुभचिन्तक, नागरिक समाज, पत्रकार एवं सरोकारवालाहरूलाई अनुरोध गरिएको र कार्यक्रमको प्रवेश निशुल्क रहेको अध्यक्ष मोचीले बताए ।

२०७१ सालमा पहिलो बृहत शैक्षिक प्रर्दशनीको ऐतिहासिक सफलतापछि नेशनल प्याब्सन कास्कीले दोस्रो संस्करणको रूपमा यो बृहत शैक्षिक प्रर्दशनीको आयोजना गर्न लागेको हो । विद्यार्थीहरूद्वारा निर्मित सामाग्रीहरुको विद्यार्थीहरुबाटनै प्रस्तुत गरीने उक्त कार्यक्रमले समग्र शैक्षिक क्षेत्रमा अभिप्रेरणा तथा नया आयाम थप्ने अपेक्षा गरीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button