भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा वैवाहिक बन्धनमा बाँधिए

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

दुबैले भारतबाट हजारौं किलोमिटर टाढा इटलीमा पुगेर विवाह गरेका हुन् । दुबैले सोमबार आफ्नो बिहेको तस्वीर सार्वजनिक गर्दै अहिलेसम्मका अड्कललाई पनि विराम दिए ।

विराट र अनुष्काको बिहेको रिसेप्शन दिल्ली र मुम्बईमा हुनेछ । पहिलो वेडिङ रिसेप्शन २१ डिसेम्बरमा दिल्लीमा हुनेछ । २६ डिसेम्बरमा मुम्बईमा दोस्रो रिसेप्शन हुनेछ । दुबै रिसेप्शनमा क्रिकेट र बलिउडका साथै विभिन्न क्षेत्रका हस्तीहरु सहभागी हुनेछन् ।

स्रोत : अनलाइनखबर https://www.onlinekhabar.com/2017/12/645278

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button