पोखरामा आहा ! रारा गोल्ड कप सफल पार्न मुल आयोजक समिति गठन

 

पश्चिमाञ्चलकै प्रतिष्ठित यस बर्षको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७४ लाई सफल पार्न मुल आयोजक समिति गठन भएको छ ।

आउदो माघ ९ गते देखी २० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त १६ औं संस्करणको आहा रारा गोल्ड कपलाई सफल पार्न सहारा क्लब पोखराका अध्यक्ष केशब बहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्य मुल आयोजक समितिको गठन गरिएको क्लवले जनाएको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितालाइ हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

क्लबका अध्यक्ष थापाको अध्यक्षतामा हालै बसेको बैठकले वरिष्ठ उपाध्यक्ष हरीराम गुरुङलाई प्रतियोगिता संयोजक र महासचिव विश्वराज बराललाई सदस्य सचिव चयन गरेको छ भने क्लबको सल्लाहकार परिषदका सभापति वीरभद्र आचार्यको संयोजकत्वमा १ सय १ मुल आयोजक सल्लाहकार समिति समेत गठन गरिएको हो ।

आर्थिक वर्ष २०७४-०७५-०७६ सालको लागि सल्लाहकार परिषद सभापति वीरभद्र आचार्य साथै सल्लाहकार परिषद सदस्यहरुमा वरिष्ठ पत्रकार नारायण कार्की, शिक्षासेवी शभ्भु कार्की, एन्फा उप महासचिव गणेशबहादुर भट्टराई, पुर्व एन आर एन यू. के. अध्यक्ष मुछेत्र गुरुङ्ग, नेपाल ओलम्पिक कमिटि सदस्य तेजबहादुर गुरुङ्ग, अध्यक्ष, पृथ्वी राजमार्ग बस सञ्चालक समिति एन कुमार शाही, समाजसेवी टिका बहादुर कार्की, पुर्व राष्ट्रिय फुटबल खेलाडी केशब रंञ्जित (आन्नद), हार्ड तथा नशा रोग विशेषज्ञ डा. रविन्द्र प्रसाद श्रेष्ठ, अध्यक्ष, जिल्ला खेलकुद विकास समिति कास्की, यमबहादुर गुरुङ्ग रहेका छन । साथै मानार्थ सदस्यहरुमा क्षेत्रिय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङ्ग र सहारा यू.के. का निर्वतमान अध्यक्ष दिलिप कुमार गुरुङ्गलाई प्रदान गरिएको क्लवका महासचिव विश्वराज बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button