नेपालद्वारा म्यानमार ३३७ रनले पराजित, म्यानमार १३ रनमा अलआउट

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।

थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले चार-चार विकेट लिए । जोशीले तीन ओभरमा दुई मेडन राखि मात्र एक रन खर्चे । थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए ।

ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए ।

नेपालका कप्तान रित गौतम र तृतराज दासले ९९ रनको साझेदारी गरे । गौतमले ७८ बलमा १२ चौकाको मद्दतमा अविजित १०६ रन बनाए । दासले २९ बलमा तीन छक्का र सात चौका प्रहार गरी ६४ रन जोडे । विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए ।

नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले हराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button