पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् ।

प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलेको छ । उनीहरुले परीक्षा रद्ध गरी पुनः गर्नु पर्ने मागसमेत गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको ‘एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेन्ज’ विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै उनीहरुले पुनः परीक्षाको माग गरेका हुन् ।

पुनः परीक्षा गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिनलगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।

क्याम्पस प्रमुख अजयकुमार साहले प्रश्नपत्र बाहिरिएको भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालयले आन्तरिकरुपमा अनुसन्धान शुरु गरेको बताउनुभयो । उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button