पोखरामा एन प्याब्सनको बृहत शैक्षिक प्रदर्शनी सुरु

नेशनल प्याब्सन कास्कीको अयोजना शुक्रबार देखि दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवम् १२ औ लोकनृत्य प्रतियोगिता–२०७४ सुरु भएको छ ।

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा भएको प्रदर्शनी पुष २ गते सम्म चल्ने छ । ‘एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यवहारीक ज्ञान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा भाषा, विज्ञान तथा प्रविधि, गणित, सामाजिक शिक्षा र पूर्व प्रावि गरी पाँच विधा समावेश गरिएको छ ।

विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पुरयाउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामाग्रीहरू उक्त शैक्षिक प्रर्दशनीमा प्रर्दशन गरिएको छ ।

प्रदर्शनीको शुक्रबार एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले उद्घााटन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले प्रदर्शनी उद्यमशिलताको विकास गर्ने कोषेढुड्डा बनेको बताएका छन् । ‘प्रदर्शनी उद्यमशिलताको विकास गर्न उपयुक्त माध्यम बनेको छ’–उनले भने–‘यसको प्रवद्र्धन गर्नका लागि महानगरपालिका पनि सधै साथमा रहने छ ।’ उनले अव महनगरपालिकालाई सत प्रतिशत नतिजा चाहिएको बताए । ‘महानगरपालिकामा उत्पादित विद्यार्थीहरु हरेक ठाँउमा प्रतिस्पर्धा गर्न सक्नुपर्दछ’–उनले भने–‘यसका लागि महानगरपालिकाले के गर्नु पर्दछ आउनुहोस् वसेर छलफल गरौं ।’

नजिता नराम्रो आएमा शिक्षकहरुलाई जागिर खाने अधिकार नभएको उनको भनाइ थियो । ‘अब महानगरपालिकालाई सत प्रतिशत रिजल्ट चाहिएको छ’–उनले भने– ‘सत प्रतिशत रिजल्ट निकाल्न सक्नुहुन्न भने जागिर छोड्दिनुहोस् ।’ सबै पक्षको समन्वयमा नै यहाँका शिक्षा निति तय गर्ने उनले बताए । प्रदर्शनीले महानगरपालिका उत्पादन गर्ने थलोको रुपमा पनि विकास गर्न सकिने उदाहरण पेस भएको उनले बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले प्रदर्शनीले सिकाइको शुरुवात गरेको बताइन् । ‘प्रदर्शनी सिकाइ, सिप ज्ञान र क्षमताको विकास गर्ने काम गरेको छ’–उनले भनिन्–‘यसले मूलत विद्यार्थीहरुलाई पढाइका साथै हरेक क्षेत्रमा रुचि बढाउने काम गरेको छ । यो नै सकरात्मक पाटो हो ।’ शिक्षा नै विकासको मूल आधार भएकोले शिक्षाको विकास यहाँहरुसँगै समन्वय गरेर महानगरपालिका अगाडि बढ्ने प्रतिवद्धता जनाइन् ।

नेशनल प्याब्सानका केन्द्रीय महासचिव सुवास न्यौपानेले शैक्षिक गुणस्तबृद्धिका लागि सामूदायिक विद्यालयको नै स्तरोन्नती हुन पर्ने उल्लेख गर्दै सामूायिक विद्यालयको स्तरोन्नतीको लागि निजि विद्यालयसधै सकारात्मक रहेको बताए । ‘हामी निजि क्षेत्रमा लगानि गर्ने सञ्चालकहरु पनि सधै सामूदायिक विद्यालयको स्तारोन्नतीको पक्षमा छौ’–उनले भने–‘तर हामीलाई हरेक वहानामा हतोत्साइत गर्ने काम गरिन्छ भने हामी चुप लागेर वस्ने वाला छैनौ ।’ उप जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले प्रदर्शनी हरेर कस्केलीले फाइद लिनु पर्ने बताए ।

कार्यक्रममा एन प्याब्सान प्रदेश नं. ४ का अध्यक्ष यामबहादुर खड्का, प्याव्सूनका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्याय, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की लगाएतले बोलेका थिए ।

व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने नारा आत्मसाथ गर्दै २०७१ सालमा पहिलो बृहत् शैक्षिक प्रर्दशनीको ऐतिहासिक सफलतापछि नेशनल प्याब्सान कास्कीले दोस्रो संस्करणको रूपमा यो प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीद्वारा निर्मित सामग्रीको विद्यार्थीबाट नै प्रस्तुत गरिने उक्त कार्यक्रमले समग्र शैक्षिक क्षेत्रमा अभिप्रेरणा तथा नयाँ आयाम थप्ने अपेक्षा आयोजक एन प्याब्सानको छ।

नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए । कार्यक्रममा एन प्याब्सानमा आवद्ध विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । बृहत शैक्षिक प्रर्दशनीमा हरेक विधामा प्रथम, द्वितीय, तृतीय र चौँथो हुने विद्यालयलाई पुरस्कृत गरीने छ साथै सवै बिधाहरुको अंकको आधारमा समग्र रुपमा उत्कृष्ट प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई समेत पुरस्कृत गरिने नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले बताए ।

विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउँदै उनीहरुले हासिल गरेको ज्ञान व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । शुक्रबार बाट सुरु भएको उक्त पर्दशनी हबलोकनका लागि ४५ विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायत ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा नेपाली कला र लोकसंस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने हेतुले हुने विद्यालयस्तरीय सामूहिक लोकनृत्यले कार्यक्रम पनि हुने छ। नृत्य प्रतियोगिता भने आइतवार गरिने जनाइएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क रहेको र सम्पूर्ण विद्यार्थी , शिक्षक, अभिभावक, शुभचिन्तक, नागरिक समाज, पत्रकार एवं सरोकारवालालाई आमन्त्रण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button