पोखरामा शनिबारदेखि संगम कप फुटबल प्रतियोगिता

उद्घाटन खेलमा काजिपोखरी एफ.सी. र हेमजा युनाईटेड भिड्ने

पोखरामा भोलि (शनिबार) देखि छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ सुरु हुने भएको छ । पोखराको संगम क्लवको आयोजनामा पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेल काजिपोखरी एफ.सी. बिरुद्ध हेमजा युनाईटेड क्लव बिच हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे पछि हुने भएको क्लवले जनाएको छ ।

उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए । उनका अनुसार प्रतियागितामा विभागिय एक टोली सशस्त्र प्रहरी वलको एपिएफ सहित २३ टिमको सहभागिता रहेको छ ।

पर्यटन र खेलकुदको राजधानि बनाउने अभियानमा आफुहरुले विगत पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटबल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखि फुटवल खेलको विकासको लागि फुटवल प्रतियोगिता आयोजना गरेको अध्यक्ष मायाले बताए । प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५-५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

विगतका बर्र्ष देखि सहयोग गर्दैै आएको संगम एल.जी. हङकङ मुख्य प्रायोजक रहेकोछ । द्धितिय पुरस्कार प्रायोजकमा होटल कोस्ट लेकसाईडका ग्यारे गुरुङ र टेक बहादुर गुरुङ रहेकाछन। यस प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको ,सहयोग गरेको सचिव शिव नेपालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button