चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गरिने

सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वेक्षण गर्दैछ । महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आव २०७३-०७४ मा बढेर ० दशमलव ९२ पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।”

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ० दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भए पनि अझै निवारण गर्नुपर्ने अवस्था छ ।

शुरुकै अवस्थामा नै रोगी पहिचान गरी अन्य रोग सर्नबाट र अपांगतायुक्त हुनबाट बचाउन र एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेक्षणले मद्दत पुग्ने बताइएको छ ।

एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको सर्वेक्षणका लागि रु एक करोड खर्च हुनेछ । आव २०७३-०७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२०(विसं २०७७ तिर) भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button